भ्रष्टचारीलाई नछाड्ने तर निर्दाेषले डर मान्न नपर्ने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारमा संलग्नहरुलाई कुनैपनि हालतमा नछोड्ने मन्त्री श्रेष्ठले बताएका हुन् । उनले निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको भन्दै जो कोही दोषी ठहर भएमा कानुनी दायरामा ल्यएरै छाड्ने बताए ।
उनले देशमा थुप्रै समस्या रहेको तर, भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्दे कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताएका छन् । सम्वोधनका क्रममा उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको समेत उल्लेख गरेको थिए ।