Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विधार्थीद्धारा भ्रष्टचारविरुद्धको अभियानको समर्थनमा प्रर्दशन

२८ बिहिबार , बैशाख २०८०३ बर्ष अगाडि

सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानको समर्थन गर्दै सत्तारुढका संयुक्त विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् । हालसालै सुरु गरेको सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

रत्नराज्य क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने भन्दै संयुक्तरुपमा प्रदर्शन गरेको हुन् । प्रदर्शन कार्यक्रममा बोल्दै अनेरास्ववियूकी महासचिव आरती लामाले अहिले सरकारले चलाएको अभियान नरोकियोस भनेर समर्थनमा प्रदर्शन गरिएको बताएकी थिईन्।

त्यसैगरि कार्यक्रममा विद्यार्थीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्नसमेत माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका विधार्थीहरुले म पनि बिरामी छु भुमिगत अस्पताल कहाँ छ ? जस्ता लेखिएका प्लेकार्ड बोकेर शरनार्थी काण्डमा फरार रहेको एमाले नेता रायमाझीको विरोध गरेका थिए ।