Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

आउने बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

२६ मंगलबार , बैशाख २०८०२ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगमी आर्थिक वर्षको बजेटमा कृषिलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने बताएका छन् । मंगलवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्षको बजेट, सिद्धान्त र प्रथमिकताको छलफलमा भाग लिदै उक्त कुरा बताएका हुन् ।

अध्यक्ष यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताएका थिए । देशको अर्थतन्त्रलाई सघाएर चलायमान बनाउने उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, बन्द उद्योगलाई पुनः सञ्चालन गर्नुपर्नेलगायतका विषयमा उनले ध्यानकर्षण गराएका थिए ।

अहिलेको आर्थिक संकटको सामना गर्न कृषि क्षेत्रलाई लगानी बढाएर उत्पादनमा जोड्ने, पर्यटन क्षेत्रको प्रर्वधन गर्ने, उद्योगधन्दालाई सञ्चालनमा ल्याउनेलगायतका कार्य गर्नसके आर्थिक समस्या समाधान गर्न सकिने बताए ।