नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् ।
पूर्वगृहमन्त्री खाँण र उनका निजी सचिव नरेन्द्र केसी बुधबार बिहान निवासबाटै पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
नेपालीलाई नक्कली भुटानी शरनार्थी बनाएर अमेरीका पठाउने ठगी काण्डमा केहि दिन अगाडी पक्राउ परेकाहरुको बयानमा पूर्व गृहमन्त्रीको समेत संलग्नता रहेको बताइएपछि उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान छ ।