Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नक्कली शरणार्थीमा राज्य संलग्नता

२५ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरणको कनेक्शन नेता, प्रशासक, दलाल मात्र होइन, नेपालस्थित शरणार्थी आयोगसम्म पनि तेर्सिन पुगेको छ ।
शरणार्थीको नाममा मानव तस्करकिो जालो कति डरलाग्दो छ भन्ने दृष्टान्तसमेत बन्न पुगेको यो प्रकरण ठूलै संगठित अपराध बनेको छ ।
स्वतन्त्र र शक्तिशाली आयोग बनाएर छानबिन गर्ने हो भने नेपाली राजनीतिक नेता, प्रशासकमात्र होइन, यसको सुईले धेरैलाई घोच्ने र धेरैलाई जेल कोच्नेमात्र होइन, गणतन्त्रका सञ्चालकहरू अपराध गरिरहेको देखिने छ भन्छन् विश्लेषकहरू । केही दलाल, उच्च प्रशासक, नेताका नातेदार, सल्लाहकार पक्राउ पर्दा नै राजनीति र प्रशासनमा ९ रेक्टरको भुइचालो गइसकेको छ । यो प्रकरणलाई कसरी सामसुम पार्ने षडयन्त्र पनि बाक्लिएको देखिन्छ ।
नेपालमा विदेशी मिसनमा काम गर्नेहरू पनि भ्रष्ट नेता, प्रशासक, विचौलियासँग साँठगाँठ गरिरहेको आशंका पनि बढेको छ । यो प्रकरण अब विदेशी चासो बनिसक्यो ।