Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

तिरेनन् राष्ट्रपतिले उपचार खर्च

२५ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

काठमाडौं  । डाक्टरको सिफारिस समेत नलिई एयर एम्बुलेन्सबाट भारत उपचार गर्न गएका राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैले तिर्न चाहेको वक्तव्य निकाल्न लगाए पनि तिरेको देखिएन ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्छ भनेका थिए । साथै थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्य कोषबाट विदेशमा उपचार गर्ने र आम नागरिकले आफैँ उपचार गर्नुपर्ने विभेद अब हुनुहुन्न भनेका थिए । भारतबाट फर्केको हप्ता नाघिसक्दा पनि राष्ट्रपतिले आफै बेहोर्छु भनेनन् । समाजमा पनि राष्ट्रपतिको ठूलो आलोचना भएको थियो । नेपाली डाक्टरहरूले समेत फोक्सोबाट पानी निकाल्ने उपचार नेपालमै सम्भव भएको र काविल डाक्टर हुँदाहुँदै किन विदेश जानु परेको भनेर प्रश्न गरेका थिए ।
नातीलाई समेत राज्यकोषबाट डलर भत्ता दिलाउने गरी राष्ट्रपति भारत उपचारमा गएपछि मातृपार्टीभित्र आलोचना, चिकित्सक समुदायमा आलोचना, नागरिक समाजमा आलोचना भएको थियो । त्यसपछि लाज बचाउन राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैले तिर्न चाहेको बक्तव्य निकाल्न लगाएका थिए ।
राष्ट्रपति फर्केपछि आफैले तिरेको कुनै बक्तव्य सार्वजनिक भएन ।