काठमाडौं । भारत संलग्न भएको जनआन्दोलनका सामु राजा झुके, जनताको नासो जनतालाई नै सुम्पिए । नेताहरूले लोकतन्त्रका नाममा नेतातन्त्र चलाए । लुट अभियान यति धेरै बढ्यो कि लोकतन्त्र फेल भयो, राष्ट्र फेल हुँदैछ ।
१९३१ मा स्पेनका राजा अलफेन्सो गणतन्त्रवादीको विद्रोह सहन नसकेर देश र सत्ता छाडेर भागे । गणतन्त्रवादीले २८ वर्ष मै गणतन्त्र फेल पारिदिए । त्यसपछि राजतन्त्र नै चाहियो । थाइलैण्डमा पनि झण्डै ३ दशक राजतन्त्रले गद्दी छाड्नु प¥यो । नेपालबाट राजा भागेनन्, गद्दी त्यागेर नागरिक बनेर बसे । गणतन्त्र आयो तर लोकतान्त्रिक गणतन्त्रको १५ वर्षभित्र जुन दर्दनाक र पीडाजन्य घटनाक्रम देखिएका छन्, त्यसबाट नेपाल थाइलैण्ड र स्पेनको बाटो लिन थालेको आहट सुनिन थालेको छ । कुने नेता राजनेता बन्न सकेनन्, हरेक नेता भ्रष्टाचारमा मात्र होइन, मानवबेचबिखनमा समेत डामिन पुगेका छन् । देशमा आर्थिक संकट, अराजकता र अस्थिरता बढेको छ । दण्डहीनता बढ्यो, संविधानले काम गरेन, अदालत अपाङ्ग बनाइयो र राजनीति आपराधिक तत्वहरूको चोखिने बाइसधारा बन्यो । अबको प्रश्न– राष्ट्र फेल नहोस् ।