स्वतन्त्रबाट निर्वाचित सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभाको बैठकमा आफुले लगाएको कमिज र गञ्जी खोलेर बिरोध गरेको छन् । सांसद सिंहले अर्धनग्न भएर प्रतिनिधि सभा बैठकमा बिरोध जनाएका हुन् ।
उनले आफुलाई बोल्न समय नदिएको भन्दै बैठक शुरु भएलगत्तै उठेर विरोध गर्दै कमिज र गञ्जी खोलेका थिए । सांसद सिंहको असभ्य व्यवहार देखेपछि सभामुखले यसो नगर्न आग्रह गरेका थिए ।
सभामुखको आग्रहको बेवास्ता गर्दे उनले असभ्य हर्कत गरेपछि सभामुखले कारबाही गर्ने चेतावनी दिएको बताइएको छ । संसद् बैठकमा सांसद सिंहले असभ्य व्यवहार देखाएकोमा बैठकमा उपस्थित अन्य सांसदहरुले उनको विरोध गरेका थिए ।