Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

ठगि प्रकरणमा जोसुकै भएपनि कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल

२४ आइतबार , बैशाख २०८०३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी काण्डमा मुछिएका जोसुकै भएपनि कार्बाही हुनु पर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी काण्डमा मुछिएका जोसुकै भएपनि कार्बाही हुनु पर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले निर्दोष पर्न नहुने र दोषि उम्कन नपाउने गरि ठगी धन्दामा मुछिएकालाई कारवाही हुनुपर्ने भन्द बदमासी गर्ने जोसुकै ठूला ओहदाका भएपनि कारबाहीको भागेदार हुनुपर्ने बताए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नलाई बचाउने सरकालाई दबाब आउन सक्छ तर दबाबसामु नझुकी कारबाही प्रक्रियालाई निरन्तरता दिन आवस्यक रहेको उनको भनाई थियो । दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृहमन्त्रीलाई समेत दबाब आएको होला । तर दबाबसामु झुक्नु हुँदैन आम नगरिकको मान्यता छ त्यस्लाई सरकारले कुनैपनि हालतमा छोड्न नहुने पनि उनले बताए  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटलाई लक्षित गर्दै उनले भने, बदमासी गर्ने जोसुकै हुन, जस्तोसुकै ओहदाको भएपनि उनीहरूलाई कानूनको दायरामा ल्याएर दण्डित गरिनु पर्छ।

घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको भएपनि उनिहरु फरार रहेकाले खोजि कार्यमा निरन्तरता दिएर कानुनी कठघरामा उभ्याउन पर्नेमा उनले जोड दिएका छन्  । 

हाल एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ पछि छानविनकालागि प्रहरी हिरासतमा रहेका छन् ।