प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रको सुरक्षा, सुधार र विकासका लागि सरकार गम्भीर रहेको बताएका छन् । नेपाल व्यवसाय शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्याको समाधानका लागि सरकारले आवश्यक कदम उठाइसकेको बताउदै उनले बैंक तथा वित्तीय क्षेत्रले उठाएका विभिन्न मुद्दाको उचित समाधानका पहल हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार,जिम्मेवार निकायहरू र सरोकारवालाबीच बलियो र घनिष्ट सहकार्य आवश्यक रहेको भन्दै लगानीको लागि आवश्यक पुँजी परिचालन गर्ने कार्यमा पनि बैंक तथा वित्तीय क्षेत्रलाई आवश्यक सहजीकरण गर्न सरकार सकारात्मक रहेको समेत बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या एवं चुनौतीहरूको स्पष्ट पहिचानसहित दिर्घकालीन समाधानका लागि सरकार सक्षम रहेको बताएका छन् । उनले त्यसका लागि नेपाल सरकार, जिम्मेवार निकाय र सरोकारावालाबीच बलियो र घनिष्ट सहकार्य एवं परस्पर सहयोग आवस्यक रहेको समेत बताए ।