Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

वर्षे अधिवेशन आजबाट सुरु हुँदै

२३ शनिबार , बैशाख २०८०२ बर्ष अगाडि

सङ्घीय संसद्को वर्षे अधिवेशन आजबाट सुरु हुने भएको छ  । सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम बजेट अधिवेशन आव्हान गरेसँगै अधिवेशन सुरु हुन लागेको हो ।

मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने आजको अधिवेशन सांसद भवन नयाँ बानेश्वरमा आज दिउसने ४ बजेदेखि सुरु हुने बताइएको छ । अधिवेशनमा सबै सांसदलाई उपस्थित हुन सङ्घीय संसद् सचिवालयले सुचना मार्फत अनुरोध गरेको छ ।

वर्षे अधिवेशन सुरुको दिन प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०,८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने बताइएको छ ।

आजको अधिवेशनमा राष्ट्रपतिबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र र पछिल्लोपटक नयाँ मन्त्री नियुक्तसम्बन्धी पत्र सभामुख देवराज घिमिरेले सांसद सदस्यलाई स्वागत गर्दै पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताइएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले मुलुकी संहितासम्बन्धी केही बिधेकलाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने र बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने विषय आजको सम्भावित कार्यसूचीमा रहेको छ ।