Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नक्कली भुटानी शरणार्थी प्रकरणका कुनै पनि दोषीलाई नछोड्न गृहमन्त्री श्रेष्ठको निर्देशन

२० बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुसिएका कुनै पनि दोषीलाई नछड्न निर्देशन दिइएको छ । उक्त प्रकरणमा दोषी पाइएका कसैलाई पनि नछड्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले दोषी जति नै शक्तिशाली वा पहुँचवाला भए पनि नछोड्न निर्देशन दिँदै नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा कोही पनि दोषी उम्कन नपाउने बताएका छन् । उनले दोषी कोही पनि नउम्किऊन् र निर्दोष कोही पनि नमुछिऊन् भन्दै निर्दोष यो प्रकरणमा सुरक्षा निकायले चनाखो भएर काम गरिरहेको पनि बताएका छन् ।

उक्त प्रकरणको अनुसन्धानका लागि बुधबार प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो । त्यस्तै पुर्व उर्जामन्त्री तथा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा विरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी जारी गरिए सँगै सन्दीप रायमाझी बुधबार बुटवलमा पक्राउ परेको र बिहीबार काठमाडौं ल्याउने तयारी भएको बुझिएको छ ।