Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

ठूलालाई छैन अभाव

१६ सोमबार , कार्तिक २०७२१० बर्ष अगाडि

पेट्रोल, ग्यास, मटितेल, डिजल ठूलालाई छैन अभाव। सर्वसाधारणहरु साह्रै कष्ट भोगिरहेका छन्। राजनीतिक र प्रशासनिक पहुाच भएकाहरुको घरघरै पुगिरहेको छ इन्धन। नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु त मौका यही हो भनेर एसएसपी तहसम्मका अधिकारीहरु इन्धन कालोबजारी गरेर कमाइरहेका छन्। देशलाई आपत परेको बेलामा एसएसपी तहका अधिकारी रंगेहात पक्राउ पर्दासमेत आइजीपी कारवाही गर्नसक्देन। अख्तियार भन्ने निकाय लाटाले केरा हेरेजसरी हेरिबस्छ भने यो देशमा सुशासन आयो, लोकतन्त्र मजबुत भयो, नयाा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख निर्वाचित भए भनेर के खुशी हुनु? जनता भनेका तिनका लागि चुनाव हुादा मतदान गर्ने यन्त्रमात्र हुन्। यी लोकनेताहरुले जनतालाई सार्वभौमशक्ति मन, बचन र कर्मले मानेकै रहेनछन्। मानेको भए कुनै पनि सहर वा गाउामा जानोस्, जनताको बिजोग यसरी हेरेर बस्ने थिएनन्। जनताका लागि कुनै न कुनै बिकल्प खोजिसकेका हुनेथिए। सोझा साह्रै सोझा छन् नेपाली जनता। ठूलाबडा र पहुाचवाला लुटिरहेका छन्, आफू लुटिएको थाहा पाएर पनि जनता पटक्कै विद्रोह गर्न सक्दैनन्। यस्ता जनता विश्वका कुनै पनि मुलुकमा देख्न सकिदैन। सत्ता परिवर्तन भएर जनताका लागि केही नहुने रहेछ भन्ने सवाल केपी सरकार आएर पनि सवालै रह्यो। अव त हुन्छ कि, हुन्छ कि भन्दैमा जनता कष्टै कष्टमा बााच्न बाध्य छन्। भारत अझै सकारात्मक भएको छैन। जनताले अरु कष्ट भोग्न तैयार हुनुपर्लाजस्तो छ।