धर्मरत्न श्रेष्ठ - -
पहिलो चीन–मध्य एसिया शिखर सम्मेलन मे महिनामा उत्तरपश्चिम चीनको शान्सी प्रान्तको सियानमा हुने भएको छ, यो सम्मेलन चीन–मध्य एशिया (ऋंऋछ) हो ।
यो शिखर सम्मेलनको मुख्य चासो क्षेत्रीय र विश्वव्यापी अशान्तिको बीचमा व्यापक हुँदै गएको चीन र मध्य एसियाली देशहरूको सुरक्षा र समृद्धि हो । अर्थात् पश्चिमाको दख्खलविरूद्धको मोर्चा हो ।
प्रेस विज्ञप्तिमा भनिएको छ– यो शिखर सम्मेलनमा हरेक देशको परिस्थितिमा उपयुक्त बाटो छनोट गर्ने अधिकारको सम्मान गर्ने र सार्वभौमसत्ता, स्वतन्त्रता, सुरक्षा र क्षेत्रीय अखण्डता र बाह्य हस्तक्षेपको विरोध गर्ने विषयमा एकअर्कालाई समर्थन गरिने छ ।
यो शिखर सम्मेलनमा चीनको बीआरआईको उपलब्धिबारे छलफल गरिनेछ । विगत १० वर्षमा बेल्ट एण्ड रोड इनिसिएटिभले संयुक्त निर्माणमा हासिल भएका उपलब्धिहरूलाई पूर्ण रूपमा पुष्टि गर्दै र ‘विस्तृत परामर्श, संयुक्त योगदान र साझा लाभहरूको सिद्धान्तमा जारी पारस्परिक लाभ र जीत परिणाम प्राप्त गर्न प्रयास अघि बढाउने’ निर्णय हुनेछ ।
कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान पनि यसमा सहमत छन् ।
ग्लोबल टाइम्स लेख्छ– चीनले प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभबारे थप छलफल गर्न सकिने छ । आगामी शिखर सम्मेलनमा ऋंऋछ संयन्त्रले अधिक स्थिर सुरक्षा व्यवस्था र एक निष्पक्ष आर्थिक व्यवस्थाको निर्माण सहित भविष्यको मार्गदर्शन प्रदान गर्नेछ । तर चीनको यो प्रयत्नलाई पश्चिमाले चीनको बीआरआई प्रचारको रणनीति भनेर बुझेको छ ।