Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

श्रम, सीप र योगदानको कदर गरौं : राष्ट्रपति पौडेल

१७ आइतबार , बैशाख २०८०३ बर्ष अगाडि

राष्ट्रपति रामचन्द्र पौडेलले श्रम र सीपको सम्मान गर्दै श्रमिकको योगदानको कदर गर्नुपर्ने बताएका छन् । श्रमिक दिवसको अवसरमा शुभकामना दिदै उनले उक्त कुरा बताएका हुन् ।

मर्यादित श्रमको वातावरण सिर्जना गर्ने, उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने, उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भन्दै मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा श्रमिक दिवसको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन यस दिवसले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।

श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउँदै हक, अधिकार स्थापित गराउन सफल मे १ तारिख अर्थात श्रमिक दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गेका छन् ।

सम्पूर्ण नागरिकका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई नेपालको संविधानले समेत सुनिश्चित गरेको बताउदै लोकतन्त्रात्मक, समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास, स्वदेशी उत्पादनमा वृद्धि, तथा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक्ता रहेको शुभकामना शन्देश मार्फत बताएका छन् ।