Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मान्छे देखि मान्छे डराउनु पर्ने अवस्था आयो : उपमेयर डंगोल

१५ शुक्रबार , बैशाख २०८०२ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मान्छे देखेर मान्छे डराउनु पर्ने समय आएको बताएकी छन् । अपराधिक गतिविधि बढेर मानिसले आफु असुरक्षित महशुस गरेको भन्दै उनले उक्त कुरा बताएकी हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन बिहीवार गृहमन्त्रालयमा  पुगेकी उपमेयर डंगोलले नागरिकले असुरक्षित महशुस गर्न थालेको बताइन् ।                                                 

उनले अहिले मानिसहरु एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताउँदै ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताईन । ध्याणकर्षणका लागि मन्त्रालयमा पुगेकी डंगोलले अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सिसि क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको समेत बताएकी थिईन् ।