Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

अनेरास्ववियुद्धार अयोग्य लडाकुलाई पैसा दिने निर्णयको विरोध

१४ बिहिबार , बैशाख २०८०३ बर्ष अगाडि

अनेरास्ववियुद्धार अयोग्य लडाकुलाई जनही २ लाख दिने निर्णको विरोध गरेको छ । सरकारले अयोग्य लडाकुलाई जनही २ लाख दिने गरि कार्यविधि पास गरेको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।

देशको अर्थतन्त्र धारसायी भएको बेला अयोग्य लडाकुलाई  कार्यविधि पास गरेर अर्थ मन्त्रालयले डेढ अर्ब रुपैयाँ निकासा गरेको विरोधमा एमाले निकट अनेरास्ववियु पिएन क्याम्पसले विरोध प्रदर्शन गर्दै कक्षा ११ र १२ को पठन पाठन निशुल्क गराउन बजेट बिनियोजन गर्न समेत माग गरेको छ ।

सरकारले देशको अर्थतन्त्रमा संकट आएकोबेला कार्यकर्तालाई नगद बाँड्न लागेको आरोप लगाउँदै कर्मचारीले तलब खान नपाएको बेला गठबन्धन सरकारले कार्यकर्तालाई नगद बाँड्न लागेको प्रति असन्तुष्टि राख्दै अनेरास्ववियुका नेता सन्तोष पोखरेलले अयोग्य लडाकुलाई नगद नभई सिपमूलक शिक्षा दिनुपर्ने बताए ।

सरकारको निर्णय तत्कालै खारेज हुनुपर्ने माग राख्दै देशलाई टाट पल्टाउने बाटोमा सरकार लागेको विद्यार्थीले आरोप छ । उक्त रकम २०७४ सालमा दिने भनिए पनि अदालतको आदेशपछि रोकिएको थियो । अदालतले नै अन्तरिम आदेश खारेज गरेपछि पुनः रकम वितरणका लागि सरकारको बाटो खुलेको हो ।