Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अयोग्य लडाकुलाई रोजगार दिनुपर्छ : डा.कोइराला

१३ बुधबार , बैशाख २०८०३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अयोग्य लडाकुलाई पैसा दिने कुराको विरोध गर्दै रोजगार दिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।

नेता डा. कोइरालाले देश चरम आर्थिक संकटोन्मुख रहेका बेला सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् । उनले कर्मचारीलाई तलव र पूर्व शिक्षकलाई पेन्सन दिन नसकेको अवस्थामा सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै नसक्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्न आह्वान समेत गर्दै नेता डा. कोइरालाले अयोग्य लडाकुलाई पैसा होइन रोजगारी दिनुपर्ने बताएका छन् ।