Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

समानुपातिक प्रणाली खारेज गर्नुपर्छ : देवकोटा

१३ बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । उनले हिजो बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उक्त धारणा राखेका हुन् ।

सदस्य देवकोटाले राष्ट्रिय सभा बैठकमा बोल्दै समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर समानुपातिक, समावेशि सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताएका थिए । 
साथै प्रतिनिधि सभा १६५ र प्रदेश सभा ३३० सदस्य बनाउनुपर्ने उनको भनाई थियो । 

सदस्य देवकोटाले प्रधानमन्त्रीको कार्यकाल दुई पटक भन्दा बढि हुन नहुने त्यस्तै सांसद वा मन्त्री तीन पटक र पार्टीको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने बताएका थिए ।