Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भारत भ्रमणअघि प्रधानमन्त्रीले बुझ्नैपर्छ

११ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

नेपाल भ्रमण रहेका महेन्द्र पी लामाले समेत नेपाललाई सुझाएका छन्– भारत भ्रमण जानुअघि नेपालका गम्भीर समस्याका निदानका उपाय र केही ठूला परियोजना लिएर जानु उचित हुनेछ ।
यही सिलसिलामा सीमाविद बुद्धिनारायण श्रेष्ठले पनि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा के कस्ता मामिलामा होमवर्क गरेर जानुपर्छ भनेर बुँदागत सुझाव दिएका छन् ।
बुद्धिनारायण श्रेष्ठका अनुसार– 
१) अन्तर्राष्टिय हवाई प्रवेश मार्ग (गौतम बुद्ध र पोखरा विमानस्थलमा छोटो मार्ग) । 
२) अन्तरदेशीय विद्युत व्यापार (तेस्रो देशसँग पनि) । यो बढी महत्वपूर्ण विषय पनि हो ।
३) खुला सीमाको बदला नियमन सीमा व्यवस्थापन । भारतलाई बुझाउने ल्याकत देखाउनुपर्छ ।
४) कालापानीलगायतका सबै सीमा समाधान के कसरी गर्न सकिन्छ, नेपालको प्रस्ताव ।
५) चुच्चे नक्सा द्वन्द्वको समाधान । यसमा भएका ऐतिहासिक प्रमाण लिएर जानु उचित हुनेछ ।
६) भारत र नेपाल दुबै मुलुकको सुरक्षा चासोका विषयमा दुबै मुलुकको प्रतिवद्धताको विषय ।
७) सीमावर्ती बाँधले नेपाली जनतालाई डुबानमा पारेको विषयमा समाधान के कसरी गर्न सकिन्छ ।
८) आर्थिक सहयोग । भारतले साना परियोजनामा सिधै लगानी गर्ने विषयको अन्त्य । कुनै एक ऐतिहासिक ठूलो परियोजनाका बारेमा भारतलाई प्रस्ताव गरिनु उचित हुनेछ ।
९) व्यापार, वाणिज्य, पारवहन बन्दरगाह सुविधा । 
१०) जलविद्युत आयोजनामा नेपाल नठगिने गरी सहमति ।