काठमाडौं । निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प छैन भन्दै नेकपाका महासचिव विप्लवले निष्कर्ष निकाल्दै वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसर पारेर उनले लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै भनेका छन्– ‘आजको संसदीय व्यवस्था असफल भयो । जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाईसक्यो । त्यसैले जनवादी सत्ताको बाटो अगाडि बढाउन नयाँ आधारमा बहस खोजौं । छलफल गरौं । यता प्रचण्ड र माधव नेपाल समाजवादी मोर्चा बनाउँदैछन् ।