भरत दाहाल– आक्रामक विश्लेषक मानिन्छन् । हालै उनले डाँफेटिभीका लागि एउटा विचार व्यक्त गर्नुभयो–
साम्राज्यवादी मिशनमा नेपाल रित्तो बनाएका दलाल लुटेराहरूले कर्मचारी तथा शिक्षकहरूलाई तलब र पेन्सन ख्वाउन नसक्ने अवस्थामा देशलाई पुर्याएका छन। विगत दुई महिना देखि तलब, पेन्सनको भुक्तानी बन्द भएको छ। आउँदो बजेट अधिवेशनपछि तलब नै ख्वाउन नसक्ने परिस्थिती विकास भैसकेको छ। निजि क्षेत्रका ब्यबसायमा दिईंदै आएको न्युनतम तलबमा ३०% कटौति गर्न थालिएको छ ।
पश्चिमा बहु–राष्ट्रीय कम्पनीहरू (अन्तरराष्ट्रिय मुद्राकोष र विश्वबैंक) ले तलव लगायतका सामान्य खर्च र सर्वसाधारण नागरिकहरूको हितका लागि गरिने सार्वजनिक खर्चमा ऋण नदिने जबाफ दिएर हाहाकार ल्याउने तयारी गरेर बसेका छन। हाहाकार, लुटपाट, मारकाटको परिस्थिती उत्पन्न गरेर नेपाललाई आफ्नो हातमा बुझाउन बाध्य बनाउने रणनीतिमा पश्चिमाहरू सकृय छन् । बढ्दो महँगी, बेरोजगारी र कारोबार चौपट हुँदै गएपछी खान नपाएर मानिसहरू गाउँ फर्कन थालेका छन। काठमाडौंमै भोकमरी देखापर्न थालेको छ । नेपाल लुट्ने योजनामा लागिपरेका मफिया, कर्मचारी र दलका मानिसहरू बाहेक सबै नेपालीहरू रित्तो भैसकेका छ । आपतकालिन समस्या टार्नका लागि कसैले पनि २५ हजार रूपैयाँ निकाल्न सक्ने अवस्था छैन ।
नेपालीहरू कल्पनै नगरिएको विपत्तिको मुखमा पुगिसकेका छन। सानातिना स्वार्थ, अवसरवाद, जिम्मेवारिबोधको कमि र न्यून चेतनाका कारण देशद्रोही लुटेराहरूको पछि लाग्दा, देश तथा समाजप्रती गैर–जिम्मेवार बन्दा र आफू बनेपछी देशको के मतलव ? भन्ने व्यक्तिवादी सोचाइले गर्दा नेपालीहरू बर्बादिको सङ्घारमा उभिन पुगेका छन् ।
माफिया बैंकहरू, लघुवित्तहरू र मिटरब्याजीहरूले सर्वसाधारण जनतालाई नाङ्गो त बनाईसकेका छन। अब राज्यले अभाव सिर्जना गरेर बजारमा हाहाकार ल्याउँदै छ। त्यसपछिको अवस्था अकल्पनिय छ। यदि कसैलाई बाँच्न मन छ भने मार्न आईलाग्नेलाई मार्नु बाहेक अर्को विकल्प छैन । यदि कसैलाई बाँच्न ईच्छा छ भने देशद्रोही लुटेरा विदेशी दलालहरूको ७ पुस्ता पछुताउने गरि यिनीहरूमाथी जाईलाग्ने र यिनीहरूको सबै सम्पत्ती कब्जा गर्ने तयारीमा लाग्नुको कुनै विकल्प छैन अब । ईख नभएको दास गोरूझैं जोतिन्छ र अन्ततोगत्वा थलिएर मर्छ । नेपालीले एउटा बाटो नरोजी नहुने समय आयो ।