Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मुख्यमन्त्री यादवलाई आयोगको स्पष्टीकरण

१० आइतबार , बैशाख २०८०२ बर्ष अगाडि

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण मागिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा आचारसंहिता विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण मागेको हो ।

निर्वाचन आयोगले उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै मुख्यमन्त्री यादवसँग स्पष्टीकरण मागेको बताइएको छ ।

आयोगले उपनिर्वाचनको मतदान भइरहेका बेला यादव सरकारी गाडी र सुरक्षाकर्मीसहित बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा गएपछि गाडी, सुरक्षा व्यवस्था सरकारो हो वा होइन भनि २४ घण्टाभित्र स्पष्टीकरण दिन मुख्यमन्त्री यादवलाई भनेको छ ।

मुख्यमन्त्री यादवलाई निर्वाचन आचारसंहिता विपरीत पचरौता नगरपालिका क्षेत्रमा गएपछि स्पष्टीकरण सोधेको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।