ओली, प्रचण्ड र कमल थापा अर्थात एमाले, एमाओवादी र राप्रपा नेपालको बलियो एकताले संविधान कार्यान्वयन हुन्छ, देशको नवनिर्माण प्रारम्भ हुनेभो भनेर जुन विश्वास बनेको थियो, राप्रपा नेपालले आरोप लगाएको छ– भद्र सहमति तोडियो। भद्र सहमतिको सम्मान गरिएन भने यो गठबन्धन तोडिनसक्छ।प्रधानमन्त्री भएको २२ दिनसम्म आफ्नै दलभित्रका माधव नेपाल, झलनाथ खनाललाई मनाएर कसलाई मन्त्री बनाउने भन्ने निधो गर्न नसकेका केपी ओली पार्टी र गठबन्धनभित्र कति दयनीय अवस्थामा रहेछन् भन्ने झल्का देखिएको छ। प्रधानमन्त्रीको लागि कांग्रेसले भद्र सहमति तोडेर असहयोग गरेको आरोप लगाउने एमालेले एमाओवादी र राप्रपा नेपालको तोक्मा टेकेर नयाँ सरकार गठन गरेको हो। ३ हप्तामै गठबन्धनभित्र असन्तुष्टि देखिनु यो गठबन्धनको आधार कमजोर कडीमा टिकेको प्रमाण हो। पार्टी मिलाउन नसक्नु र गठबन्धनमा खटपट सुरु हुनुले केपीको शासन धेरै लामो समय चल्ने छाँटकाँट देखिन्न भन्न थालेका छन् विश्लेषकहरु। अहिले राप्रपा नेपाललाई प्रधानमन्त्री ओलीले स्थानीय मन्त्रालय दिन नखोजेपछि राप्रपा नेपाल आक्रोसित बनेको देखिन्छ। यो आक्रोस राजदूत नियुक्तीलगायतका विषयहरुमा अरु चर्कदै जाने देखिन्छ। राप्रपा नेपाल का सभासदले नै एमालेले राप्रपा नेपालसँगको पूर्वसहमति तोड्यो भने गठबन्धनमै असर पर्छ। एमालेले राम्ररी बुझ्न जरुरी छ। उनले ओली बोलीका पक्का छन्, सहमति तोड्दैनन् भन्ने विश्वास पनि व्यक्त गरे। सहमतिअनुसार राप्रपा नेपालले एकमन्त्री र राज्यमन्त्री नियुक्त गर्न बाँकी छ। राप्रपा नेपालले सहमति तोडियो भने सरकारमा टाँस्सिएर बसिरहला र?


