Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल भारत सीमानाका ४८ घण्टा बन्द हुने

०६ बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

आगमी बैशाख १० गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमा ४८ घण्टा बन्द हुने भएको छ । बाराको क्षेत्र नं. २ को उपनिर्वाचनलाई लक्षित गर्दै बैशाख ८ गते शुक्रवार राती १२ बजे देखि १० गते आईतवार राती १२ बजेसम्म सीमानाका बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार आगमी वैशाख ८ गते शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको छ । त्यस्तै जिल्ला प्रशासन बाराले मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको बताइएको छ।

जिल्ला प्रशासन बारकाको सुचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूण राजमार्ग वैशाख ९गते राति १२ बजेदेखि १० गते साँझ ७ बजे सम्मकालागि सम्पूर्ण आवागमन बन्द गरिएको जनाएको छ ।

तर, उक्त समयमा एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसंचार सेव, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधन तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्त सावारी चल्न दिइने बताइएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष , पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति शुरक्षालाई दुष्टिगत गरि स्थानिय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको सुचनमा जनइएको छ ।