Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जग्गाको कित्ताकाट खुल्यो

०५ मंगलबार , बैशाख २०८०२ बर्ष अगाडि

लामो समयदेखि बन्द गरिएको जग्गाको कित्ताकाट खुला गरिएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले कित्ताकाट खोल्ने निर्णय गरेको हो ।

मंगलवार बसेको मन्त्रिपरिषद बैठकले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएसँगै नियमावली बनाएर घरजग्गा कारोबार, कित्ताकाट तथा अंशबण्डा गर्ने बाटो खुलेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको बताइएको छ ।