Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बेनी–जोमसोम सडक स्तरोन्नति हुँदै दैनिक ६ घण्टा यातयात बन्द

०५ मंगलबार , बैशाख २०८०२ बर्ष अगाडि

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक विस्तारका लागि यातायात सञ्चालनमा गत सोमवार देखि दैनिक ६ घण्टा बन्द हुन थालेको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समय तालिका बनाइएको बताइएको छ । यहि  वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गर्दै सडक विस्तार तथा निर्माण कार्य भैरहेको जिल्ला प्रशासन कार्यलय म्यग्दीले जानएको छ ।

उक्त सडक खण्डमा गत वर्ष २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिए निर्माण कार्य गरिएको थियो । पहिराको कारण साँघुरो सडकमा सडक विस्तार तथा निर्माणको काम गर्दा जोखिम  हुने भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जानकारी दिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय म्याग्दीलाइ समय व्यवस्थापनका लागि पत्राचार गरे पछि समय तालिका बनाउँदै म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारीसाधनलाइ सडक बन्द हुने समयअगावै रुप्से खण्ड पार गर्न अनुरोध गरेको बताइएको छ ।

उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सवारीसाधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पर्वतको

मालढुङ्गादेखि म्याग्दी र मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम भइरहेको बतइएको छ ।