लामो समयदेखि योजना अलपत्र पारेको भारतीय निर्माण कम्पनीसँगको योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ । भारतीय पक्षसँग समस्याग्रस्त ठेक्का योजना तोड्ने विषयमा छलफल भएको हो ।
भारतीय कम्पनीले जिम्मा लिएर लामो समयसम्म काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको बताइएको छ ।
लामो समयदेखि अलपत्र योजना तोड्ने विषयमा मन्त्री ज्वाला र राजदूत श्रीवास्तवबीच छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । उनिहरुवीच बथनाहा–विराटनगर रेल सञ्चालन र रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका विषयमा पनि कुराकानी भएको बताइएको छ।
भारतीय एक्जिम बैंकको लगानी रहेको भारतीय निर्माण कम्पनीले लामो समयदेखि निर्माण सम्पन्न आयोजना सम्पन्न गरेकोक छैन् । दाङको लमही–घोराही सडकखण्डको जिम्मा भारतीय कम्पनीले लिए पनि सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा दुवै देश पुगेको बताइन्छ ।
मन्त्री ज्वाला र राजदूत श्रीवास्तवले रक्सौल-काठमाडौं रेल सेवा निर्माणका विषयमा समेत कुराकानी गरेको बताइएको छ । त्यस्तै नेपाल–भारत सीमामा रहेका रेलमार्ग बथनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा समेत कुराकानी भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका छन् ।