Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपाल र भारतको लगानीमा विद्युत उत्पादन गरौ : मुख्यमन्त्री शाह

०२ शनिबार , बैशाख २०८०३ बर्ष अगाडि

नेपाल र भारतको संयुक्त लगानीमा विद्युत उत्पादन गर्नुपर्ने सुदूरपश्चिम् प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन् । उनले सुदूरपश्चिम् प्रदेशका नदिमा नेपाल र भारत दुई देशको संयुक्त लगानीबाट विद्धुत उत्पादन गर्नुपर्ने बताएका हुन् । 

नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्रतिनिधिहरु सहभागी तीन दिने मानसखण्ड अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले दुइ देश बिचको सांस्कृतिक, आर्थिक सम्वन्ध अझ बलियो बनाउदै सुदूरपश्चिम् प्रदेशको नदिबाट विद्युत उत्पादन गरि एसियामा बेच्न सकिने बताए । उनले नेपाल र भारतको दुई देश हुनु भन्दा पुरानो सभ्यताको सम्बन्ध भएको समेत प्रष्ट पारेका थिए ।

कर्याक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री तथा वक्ता राजेन्द्र सिंह रावलले दुई क्षेत्रको इतिहास बारेमा बोल्दै सुदूरपश्चिम र उत्तराखण्डलाई संस्कृतिक रूपमा जोड्न आवश्यक रहेको बताएका थिए । उनले एक देशलाई समस्या पर्दा अर्कोले साथ दिनुपर्ने तर्क गर्दै दुई संस्कृति जोड्ने थुप्रै लेखौट, शिलालेख र मन्दिरलगायतका सम्पदाहरु रहेको समेत पुष्टि पारेका थिए ।