वैशाख १० गते तनहुँ, चितवन र बारा ३ क्षेत्रमा उपचनाुव हुनगइरहेको छ । प्रचारका अन्तिम दिन सुरु भइसकेका छन् । उमेदवार उठाउने तर प्रचारमा सभापति देउवा कुनै क्षेत्र पनि गएका छैनन् । उनी अब कांग्रेसले सत्ताको नेतृत्व गर्नसक्छ भनेर प्रम प्रचण्डको सातो खाएर राजधानीमा कोठे बैठक गरेर बसिरहेका छन् । सत्तामा मन्त्री सिफारिससमेत गर्न नसकेका देउवाले उपचुनावमा कांग्रेसलाई कसरी जिताउलान् ?
यद्यपि गगन थापा र विश्वप्रकाश शर्मा दुई महासचिवलाई चुनावको हमाण्ड दिएर पठाएका छन् । यी दुबैले अन्य पार्टीका भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारलाई होच्याउने र कमसल सावित गर्ने प्रयत्न गरिरहेका छन् । तथापि आमजनताको मूड राष्ट्रिय स्वतन्त्र पार्टीकै उमेदवारतिर देखिएको छ । चितवनमा त रविविरुद्ध दुस्प्रचार गरेको भन्दै कान्तिपुर पत्रिका समेत जलाएर रविप्रति पूरा समर्थन जनाएको दृश्य देखियो ।
जिते देउवाले जित्ने, हारे गगन र विश्वले हार्ने सभापतिको चाल रहस्यपूर्ण छ ।