सहिद भनेका त शुक्रराज शास्त्री, धर्मभक्त श्रेष्ठ, दशरथ चन्द र गंगालाल पो सहिद, माओवादी सरकारमा गए ८ हजार, एमाले सत्तामा पुगे ४ हजार, कांग्रेसले सत्ता पाउनासाथ सयौं सहिद घोषणा गरेका छन् । पार्टी पार्टीका कार्यकर्ता पनि सहिद हुन्छन् ? विश्वमा यति धेरै सहिद भएको र घोषणा गरिएको मुलुक नेपालमात्र होला ।
सहिद घोषणा गर्नासाथ १० लाखको दररेट बसालिएको छ । राष्ट्रिय ढुकुटीबाट १० लाख पाउने भएपछि मधेसमा समेत सयौं सहिद घोषणा गरिएका छन् । १० लाख भागबण्डा गरिएका छन् । यो कस्तो राजनीति हो, जसले सहिदको परिभाषासमेत स्पष्ट पार्न सक्दैन । राजनीति समाज बदल्नका लागि हुनुपर्ने हो । हुनसकेन । पार्टीका लागि लाभ हासिल गर्ने राजनीतिले देश खोक्रो पार्दैछ ।