Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चञ्चलताको समाधान खोजौं

३० बिहिबार , चैत्र २०७९२ बर्ष अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको मनमा सिर्जना भएको चञ्चलताको समधान नभए देशले झनै समस्या भोग्ने बताएका छन् । बिहिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

महामन्त्री थापाले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको भन्दै त्यसको बेलैमा समधानको बाटोमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । उनले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने समेत उल्लेख गरेका छन् ।

नागरिकहरु आफूले देखेको सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने हुँदा त्यसतर्फ सबै सचेत हुनुपर्नेमा महामन्त्री थापाले जोड दिएका छन् ।  उनले जनतामामा अहिले अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुनु हो भन्दै नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको बतााए ।