Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रधानन्यायाधीश नियुक्ति गर्न कानुन व्यवसायीको दबाब

३० बिहिबार , चैत्र २०७९३ बर्ष अगाडि

प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कानुन व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई दबाब दिएका छन् ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसहितका कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीलाई दबाब दिएका हुन् । 

बिहीवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर व्यवसायीहरुले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिइएको बताइएको छ ।

करिब १४ महिना देखि कायममुकायम प्रधानन्यायाधीशबाट नै सर्वोच्च अदालत सञ्चलन गर्दा न्याय सम्पादनमा कठिनाइ भएको भन्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको सञ्चारकर्मी माझ जानकारी गराए ।

उनले प्रधानमन्त्री संगको भेटमा प्रधानमन्त्री स्वयं संवैधानिक परिषद्को अध्यक्ष भएकाले यसमा पहलकदमी लिन ध्यानाकर्षण गराएको र प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेकोले चाँडै ठोस निष्कर्षम पुग्ने प्रतिबद्धता दिएको बताए । 

व्यवसायी अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया १० दिनभित्र सुरु नभए नेपाल बार आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । त्यसैगरि उनले प्रधानमन्त्रीसँगको भेटमा अदालतको पेसी व्यवस्थापन अटोमेसनको माध्यमबाट हुनुपर्ने र त्यसका लागि बजेट व्यवस्थापन गर्न माग गरेका छन् । 

न्यायपालिकामाथि आक्रमण भइरहेको भन्दै अध्यक्ष घिमिरेले त्यसलाई कम गर्न कार्यपालिका र व्यवस्थापिकाले ध्यान दिनुपर्ने कुरा प्रधानमन्त्रीसँग राखेको पनि पनि सञ्चारकर्मी माझ जानकारी गराए ।