नेपालमा विदेशी नागरिकले पार्टी खोलेर सञ्चालन गर्न थालेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरु संग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।
नेता केसीले विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता समेत संकटमा परेको बताए । उनले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेका भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको समेत औल्याएका थिए ।