Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नयाँ बजेट गुणात्मक रुपमा ल्याईने छ : प्रधानमन्त्री दाहाल

२७ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

आगमी आर्थिक वर्ष २०८०/८१ को बजेट गुणत्मक रुपमा ल्याईने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताउनु भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।

नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताउनु भएको छ । 

प्रधानमन्त्री प्रचण्डले परम्परागत सोच,नीति,कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको बताउदै भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्नेगरी बजेट र योजनाहरु तर्जुमा गरिने समेत बताउनु भएको छ ।