सभामुख देवराज घिमिरेले चाडपर्वले समुदायमा आपसी सहिष्णुता बढाउने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित मुस्लिम समुदायको रमजान पर्वको (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले एक समुदायले अर्को समुदायलाई आफ्ना चाडपर्वहरुमा निमन्त्रणा गर्दा आपसी सद्भाव, सहयोग, समझदारी र धार्मिक सहिष्णुता आदानप्रदान हुने बताए ।
सभामुख घिमिरेले इस्लाम धर्मावलम्वीहरुका लागि रमजान पर्व हिन्दुहरूको दसैँ जस्तै भएको बताउदै देश निर्माणका लागि मुस्लिम समुदायले नेपालमा लामो समयदेखि सहत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेका थिए ।