Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउनु पर्छ : महामन्त्री थापा

२२ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य घटाउन माग गरेका छन् । थापाले अनावश्यक खर्चलाई कटौति गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन्। 

नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीले सचिवालय सदस्यको संख्या घटाउनु पर्ने बताएका हुन् । 

सरकार खर्चमा मितव्ययी हुनुपर्ने भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री लगायत विभिन्न निकायका पदाधिकारीहरुले अत्यावश्यक बाहेकको खर्चलाई कटौति गर्नुपर्ने समेत बताए । अत्यावश्यक बाहेकका खर्च कटौति गर्दा देशको आर्थिक अवस्थामा सुधार गर्न सहयोग पुग्ने उनको भनाई थियो ।

उनले विकासको क्षेत्रमा हुने खर्च र पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताएका छन् ।