Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सिंहदरबार,बालुवाटार,शीतल निवास र संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग गरौ : निशा डाँगी

२२ बुधबार , चैत्र २०७९३ बर्ष अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शीतलनिवास, सिंहदरबार, संसद र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गरेकी हुन्।

त्यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने सांसद डाँगीको भनाइ थियो । उनले भनिन्, ‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छरु ती कुराहरू अंकमा देखिने गरी किन लागू भएनन् ? समीक्षा गरी आंगिक सुधार हुने गरी नीति ल्याउन छलफल चलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। सभामुख महोदय, सिंहदरवार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ। यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद डाँगीले आन्तरिक उत्पादन बढाउनका लागि छलफल चलाउन पनि संसद र सरकारलाइ सचेत गराएकी थिईन ।