फणीन्द्र नेपाल
भारतका चर्चित नेता जवाहरलाल नेहरूले नेपालमा नेताहरूलाई भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी हुन आह्वान गर्दा नेपालले सुगौली सन्धिबाट गुमाएको भूमि फिर्ता गर्ने शर्त राखेका थिए भन्ने कुरा उनको भनाई इतिहासमै लिपिबद्ध छ। जवाहरलाल नेहरूको 'ग्लिम्पसेज अफ वर्ल्ड हिस्ट्री' नेपालका राजनीतिज्ञहरूले नपढेका होलान् भन्न सकिन्न तर पढेका होलान् भनी विश्वास गरिहाल्न पनि सकिन्न तर एकपटक यो पुस्तक पढेका खण्डमा राजनीति गर्न चाहनेहरूले केे कुरा बुझ्नेछन् भने राजनीतिलाई उद्देश्य बनाउनेहरूले विश्वको इतिहासको सामान्य जानकारी राख्नुपर्छ। नेहरूको उक्त कृतिले उनलाई विश्व इतिहासका मूर्धन्य ज्ञाताका रूपमा प्रस्तुत गरेर छ तर नेपालका नेताहरू जब वि.सं. १९९० को दशकदेखि राणाशाहीविरुद्ध लड्दै थिए र पछि इण्डियालाई स्वतन्त्र बनाउन भनी भएको आन्दोलनमा पनि सक्रियतापूर्वक लागेका थिए– उनीहरूलाई भारतबाट ब्रिटिशहरू गएपछि वि.सं. १८१६ को सुगौली सन्धिअनुसार इण्डियामा गाभिएका नेपालका दार्जिलिङ, कुमाउ र गढवाल नेपालकै अधीनमा आउनुपर्छ भन्ने सामान्य ज्ञान किन पलाएन होला भन्ने प्रश्न उठ्छ। यो स्वभाविक प्रश्नमा नेपाली राजनीतिले कहिल्यै महत्व दिएको देखिदैन।
नेहरूको उक्त पुस्तकको 'लडाइाहरू र इण्डियामा विद्रोह' शीर्षकअन्तर्गत नेपालको भूभागको चर्चा गरिएको छ। सुगौली सन्धिपूर्व नेपालको सीमा सतलजसम्म थियो तर सुगौली सन्धिमा नेपालका राजाले महाकाली पारीका जनतासाग कुनै किसिमको सम्पर्क राख्न पाउने छैनन् मात्र भनिएको हुादा नेपालले काली पारीका कुन–कुन भूभाग गुमाउनु पर्यो भन्ने किटानी नभएका कारण यसबारे राष्ट्रवादीहरूले जिज्ञासा राख्नु स्वाभाविक हो र यस जिज्ञासालाई जवाहरलाल नेहरूले मेटिदिएका छन्। उनले भनेका छन्– ई.सं. १८१६ अघि देहरादुन, कुमाउ र नैनीताल नेपालका भूभाग थिए। ई. १८१४–१५ को लडाइा र ई. १८१६ को सन्धिपछि यी भूभागहरू ब्रिटिश शासनअन्तर्गत आए। नेहरूले देहरादुन, कुमाउ र नैनीताल नेपालका भूभाग हुन्, जुन भूभागलाई ब्रिटिशहरूले लडाइामा जिते भनेर ऐतिहासिक सत्यको पुष्टि गरेका छन्। त्यस्तै ई.सी.कोजी भन्ने लेखकले 'अ कन्साइज हिस्ट्री अफ द दार्जिलिङ डिस्ट्रक्ट' भन्ने पुस्तकमा सुगौली सन्धिअनुसार नेपाल दरबारले अल्मोडा, मसुरी, नैनीताल र सिमला त्याग्नुपर्यो भन्ने लेखेका छन्। नेहरू र कोजीका भनाइले पनि नेपालको पश्चिमतर्फको तात्कालिक सीमा सतलज हो भन्ने पुष्टि हुन्छ। यो कुरा अक्टरलोनी र अमरसिंह थापाबीच भएको सन्धिमा पनि उल्लेख छ।
नेहरू कसरी ग्रेटर नेपालका पक्षमा थिए भन्ने प्रश्न उठ्न सक्छ। तर ऐतिहासिक ज्ञान राख्ने कतिपय व्यक्तिहरूका अुनसार नेहरूले १३औं भारतीय राष्ट्रिय कांग्रेसलाई सम्बोधन गर्ने क्रममा नेपालका नेताहरूलाई भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी हुन आह्वान गर्दै भारत स्वतन्त्र भएपछि ब्रिटिशले भारतमा गाभेका सम्पूर्ण नेपाली भूभाग नेपाललाई फिर्ता गरिने कुरा गरेका थिए र भनिन्छ विश्वेश्वरप्रसाद कोइरालासाग यस विषयमा कुराकानी पनि भएको थियो। लाग्छ वीपी जीवितै रहेका भए आजका दिनहरूमा उनीले पनि ग्रेटर नेपालको पक्षमा आवाज उठाउन थिए 219 गान्धी र नेहरूको आह्वानअनुसार नेपालका धेरै नेताहरूले भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रियतापूर्वक भाग लिएका थिए र जेल सजाय पनि भोगेका थिए। ई. १९४७ मा भारत स्वतन्त्र भएपछि दार्जिलिङ, कुमाउ र गढवाल पनि ब्रिटिश शासनबाट मुक्त भए। यसरी मुक्त भएपछि यी भूभाग स्वतः नेपालमा गाभिनुपर्नेमा भारतको स्वतन्त्रतादेखि आजसम्मको ५० वर्षको अवधिमा यसबारे सरकारी स्तरमा कुनै चर्चा भएको छैन। किन यसबारे चर्चा भएन भन्ने विषयका कारणहरू खोतल्न सकिन्छ र खोतल्नुपर्छ। वीपीवाद र वीपीका विचारहरु कांग्रेसले सत्तावादमा रुपान्तरण गरिसकेकाले इतिहास खोतल्ने र नेपाली स्वाभिमान तथा नेपाली भूभाग खोज्ने कुनै कांग्रेसजन त्यो पार्टीमा भएजस्तो लाग्दैन। यो दुर्भाग्य हो।


