मदन रेग्मी - -
– चिर परिचित काठमाडौ पोष्टले पहाडवाट तराईमा वसाईसराई गरेका कारण तराईमा भीड वढेको अनौठो समाचार दिएको छ । जवकि यथार्थ के हो भने तराईमा बढदो भीड भारतले लादेको खुला सिमानाको फाईदा उठाएर भारतीयहरूको नेपालमा निरन्तर भैरहेको बसाइँसराइबाट भएको हो । यो कटु सत्यलाई लुकाएर पहाडका नेपालीहरू तराई झरेकाले त्यहाँ भीड भएको भन्ने झुठो दाबी भारतमुखी पत्रिकाहरूले गर्दै र लेख्दै आईरहेका छन् । यथार्थ के हो भने पहाडका नेपालीहरू तीसौ लाख गल्फ, मध्येपूर्व लगायत विभिन्न देशमा काम गर्न गएका छन् । पहाडमा खेती गर्ने मान्छे पनि छैन । स्मरणरहोस् नेपालीहरूलाई नेपालमै अल्पमतमा पारेर नेपालमा आफ्नो शासन कायम गर्ने रणनीति भारत लागू गर्दै आईरहेछ । यसरी नै भारतीयहरूलाई नेपालमा वसाईसराई गर्न दिने हो भने नेपाललाई उसले एक गोली पनि नहानेर आफ्नो अंग वनाउन भारत सफल हुदैछ ।
– देशलाई आवश्यक नेतृत्व नै छैन । ठगै ठगको जमघट छ । जनतामा यिनीहरूको त विश्वास नै छैन तर भोट चै यिनीहरूलाई दिन्छन् । राष्ट्रिय चेतना भएको जनता नै छैन । न उनीहरूसँग आक्रोश छ, न त खराव र असल छुट्याउने क्षमता नै । फेसवुकमा त नेपाल कसैले खाईदिए पनि हुन्थ्यो भन्ने विचारधारा राख्ने पनि भेटिन्छन् । दस–पन्ध्र वर्ष जेलजीवन विताएका पार्टीमा छन् तर यिनीहरूले गरेको त्याग त देशको लागि होइन रहेछ अरूको लागि र आफ्नै लागि रहेछ ।
भारत भ्रमण गर्ने हतारो किन ?
काठमाडौं । चीनमा आयोजित बोआओ बैठकलाई बाइपास गरेर संक्रमणकालीन मुद्दामा आममाफी दिने खालको विधेयक संसदमा पेश गर्दै हतारमा पास गर्न हौसिएको ११ दलीय गठबन्धन प्रमुख प्रचण्ड भारत जाने होमवर्कमा लागेका छन् । परराष्ट्र भन्छ तैयारी सुरू भइसकेको छ । प्रतिपक्षी एमाले ओलीले राष्ट्रहितमा अडिग भएर उभिन र नेपाली भूमि फिर्ता ल्याउन कुरा गर्नुपर्ने सुझाव दिएका छन् ।
स्मरणीय छ, बंगलादेश भ्रमण गर्न पहिलो निम्तो आएको थियो, अमेरिकाले पनि निम्तो दिएको छ । यसैवीच चीनको बोआओ सम्मेलनमा सहभागी हुन चीनको निम्तो आएको छ । तर प्रम भारत जाने निर्णयले चीन रूष्ट बनेको खबर छ ।