काठमाडौं । सरोजकुमार उपाध्याय । १२ मेगावाटको उपल्लो खिम्चीजस्ता झण्डै हिमालय उर्जा विकास कम्पनीका हर्ताकर्ता, आधादर्जन जलविद्युत आयोजनाका इन्जिनियरमात्र होइनन् यिनी । नेकपा सका अध्यक्ष माधवकुमार नेपालका भाई मात्र पनि होइनन् । यिनी नेकपा स का केन्द्रिय सदस्य पनि हुन् । शंखमूलस्थित होटलको ६ तलाबाट खसे वा खसालिएर यिनको ज्यान गयो । हल्ला चलाइयो, अरवौं कर्जा तिर्न नसकेर यिनले आत्महत्य ा गरेका हुन् ।
यिनको फोन लुकाइयो । किन ? यिनी साधारण होइनन् असाधारण व्यक्ति हुन् । ६२ वर्षका पाका व्यक्तिले त्यसै ज्यान फाल्दैन । सत्य के हो ? सुरूमा प्रहरीले अनुसन्धान थालेको थियो, अनुसन्धान सेलायो, यिनका बारेमा कोही पनि केही बोल्दैनन् ? अचम्मको कुरो नेकपा स का अध्यक्ष माधवकुमार नेपालले पनि मुख खोलेका छैनन् ।
भित्रभित्रै यो हत्या वा आत्महत्या मुद्दालाई दबाइएको छ । आमसाधारणले उनका बारेमा थाहा पाउनुपर्छ, नेकपा स लेपनि उनका बारेमा बोल्नुपर्छ । – फणिन्द्र पन्त ।