Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

उपनिर्वाचनका लागि रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

१९ आइतबार , चैत्र २०७९२ बर्ष अगाडि

आगमी वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट निर्वाचित भएका लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि खालि रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ ।