Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

प्रतिनिधि सभाको बैठक दिउसो १ बजे बस्ने

१८ शनिबार , चैत्र २०७९२ बर्ष अगाडि

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ । चारवटा सम्भावित कार्यसूची सहित आजको बैठक बस्ने संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेश कार्यक्रम रहेको छ ।बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफलको लागि प्रस्ताव प्रस्तुत गर्ने छन् । प्रस्तावमाथि दफावार छलफल गरेपछि बैठकमा निर्णयार्थ प्रस्तुत गरिने बताईएको छ ।

हिजोको संसद सचिवालयको छलफलमा सभामुखको अधिकार कटौती नगर्ने सहमति भएको छ । सभामुख, संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, र केही प्रतिनिधि तथा संसद सचिवालयका अधिकारीहरुबीच भएको वार्तामा सभामुखको अधिकार कटौती गर्न दर्ता गरिएको संशोधन फिर्ता लिने र कार्यव्यवस्था समिति बैठक नियमित रुपमा बोलाउने सहमति भएको बताइएको छ ।