Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कांग्रेस केन्द्रिय सम्पादन समितिको बैठक बस्दै

१८ शनिबार , चैत्र २०७९३ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तयारी रहेको छ । अहिले बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकले सरकारमा पठाउन बाँकी चार मन्त्रीको नामावली टुंगो लगाउदै आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने बताईएको छ । कांग्रेसको भागमा परेका आठ मन्त्रालयमध्ये गत शुक्रबार प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)ले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्रीमात्र पठाएको थियो भने अझै चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली पठाउन बाँकी छ । 

आज बस्ने बैठकमा बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्न इच्छुक देखिएपछि कांग्रेसले आज आफ्नै उम्मेदवार अघि सार्ने कि यादवलाई समर्थन गर्ने भन्ने बारे निर्णय गर्ने सम्भावना रहेको बुझिएको छ । त्यसैगरि कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।