चैत २० गते आरपारको अभिनन्दन गरिने जानकारी पाएपछि सरकार तर्सिएको छ । सरकारले सिडियोलाई जसरी पनि यो अभिनन्दन रोक्नु भनेपछि सिडियोले बोलाएर प्रदेश नामाकरणले सुरक्षा व्यवस्था अस्तव्यस्त भएकोले यो कार्यक्रम रोक्न आदेश दिएको छ । अनुमति नदिए पनि इनरुवाको खेल मैदानमा हुने यो कार्यक्रम हुने केशर विष्ट समूहले बताएको छ ।
प्रदेशको नामाकरण कोशी प्रदेश भएपछि चैत ५ र १४ गते खारेजीको माग गर्दै आन्दोलन चर्किएको छ । हरेक दिन प्रहरीसँग भिडन्त भइरहेको छ ।
यो आन्दोलनको क्रममा पदम लिम्बुको मृत्यु भएपछि पूर्व नेपाल आन्दोलित रहेको छ । मुख्यमन्त्री विरुद्ध ठूलै खतरा छ भनिन्छ ।