चालु आवको ८ महिनामा साढे नौ खर्बको ब्यापार घाटा । यो अवधिमा २२ अर्वको तरकारी, २६ अर्बको चामल आयात भएछ । यस्तो दयनीय आर्थिक गति भनेको श्रीलंकाको बाटो हो । सरकार, संसद, उद्योग–व्यापार विज्ञ, अर्थशास्त्री, समाजशास्त्री, नागरिक समाज, थिङ्कटेङ्क, मासिक ५० लाख तलवभत्ता खाने सल्लाहकारहरु के हरेर बसेका छन् ? समस्या सङ्कट बनिसक्यो, निकास खोज्नु पर्दैन ? कि कहिले श्रीलंका बनिन्छ भनेर प्रतिक्षा गरिरहेको हो ? बजारमा पैसाको हाहाकार छ, शेयरबजार डुब्यो, जग्गाकारोबार ठप्प भयो । सहकारी, लघुबित्तले कोही भागे, कोहीले जनता डुबाए । बैंकबाट ऋण पाइन्न, बैंकको आम्दानी ५ अर्वभन्दा बढेको छ । आखिर यो कस्तो अन्यौल हो ? कस्तो उदासिनता ?