काठमाडौं । चुकिइन्, यसपल्ट पनि महिला आइजीपी बन्ने सम्भावना सकियो । कांग्रेसका सभापति शेरबहादुर देउवाको टेलिफोन रिसिभ गरेको केही क्षणमै क्याविनेटले बशन्त कुँवरलाई नेपाल प्रहरीको ३०औँ प्रहरी महानिरिक्षकमा पदोन्नति गर्ने निर्णय गरेको थियो । कुवर काविल प्रहरी हुन् । कुवर जनयुद्धकालमा माओवादीको धरापबाट बाँचेका प्रहरी हुन्, माओवादीले सरकारको नेतृत्व गरेको बेलामा आइजीपीमा बढुवा भएका छन् । नियुक्त भएपछि कुवरले भनेका छन्– प्रहरीको आन्तरिक अवस्था र व्यवस्थाको शुद्धीकरण मेरो प्राथमिक कामको सूचीमा रहनेछ ।
कुवरले प्रहरीको मनोवल र छवि सुधार्ने छन् कि सरकारले मुख थुन भन्ने आदेशको झैं आज्ञाकारी काम गर्नेछन्, त्यो भोलि भोलिका दिनमा देखिने छ । भन्नेलाई उनले प्रोएक्टिभ पुलिसिङ गर्ने बताएका छन् । स्मरणीय छ, ५ जनामा कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजी बनेका थिए । महिला प्रहरी किरण बज्राचार्यले मौका पाउने अनुमान थियो ।