के गर्नु प्रहरीलाई पनि गाह्रो छ । सत्ताले बोल्नेको मुख थुन् भनेपछि थुन्नैप¥यो । लोकतन्त्रमा यसरी मुख ट्याप्पै थुन्ने देश संसारमै नेपालमात्र होला ?
लौ बोल त विरोधी हो, सत्ताले यसैगरी मुख थुनिदिनेछ । कठै लोकतन्त्र !
राप्रपा अध्यक्ष लिङ्देनले सत्ताधारी १० दललाई गिज्याउँदै भनेका छन्– मान्छेको मुखबन्द गरेर बोल्नै नदिने कस्तो दिन आयो, कस्तो लोकतन्त्र आएछ ? यो तस्वीर देखेपछि नारायण अमृतले लेखेका छन्– यस्तो दृश्य देख्दा पनि कसैलाई झ्वाँक चलेन भने ठान्नुस्,उसले देशमा हिटलर खोजिरहेको छ ।