Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

दबाब नदिउँ, प्रहरीमा काविलियत छ

०२ सोमबार , कार्तिक २०७२१० बर्ष अगाडि

नेपालका सुरक्षा निकायमा काविलियतको कुनै कमी छैन भन्ने प्रमाण पटक पटक देखिएको छ। नेपाल प्रहरी र सशस्त्र बलमा गरिएको अतिराजनीतिकरणका कारण ती निकायलाई निकम्मा पारिएको हो। तथापि कहिले कहिले यी निकायहरुले प्रशंसनीय कार्य गरेका उदाहरणहरु देखिन्छन्। केपी ओलीको सरकार बनेको छ। प्रधानमन्त्री ओली र उनका पार्टीका सभासद, कार्यकर्ताहरुले दबाब नदिने हो भने, राजेन्द्र पाण्डेजस्ता सभासदले असामाजिक तत्वको मुखवीर बनेर नबोल्ने हो भने सुरक्षा निकायले समाजलाई स्वच्छ र अपराधमुक्तिसहितको शान्तिसुरक्षा दिनसक्छन्। यही कुरा अन्य दल र नेताहरुमा पनि लागू हुन्छ।
दशैं, तिहार, छठ आदि पर्वहरुमा सुरक्षा व्यवस्था कडा पार्नका लागि थ्री एस नीति ल्याएको छ प्रहरीले। प्रहरीले सम्झाउँदा, बुझाउँदा पनि नमान्नेमाथि सूटआउट गर्नेसम्मको कडाईको घोषणा गरिएको छ। हतियार बोक्ने र लूटपाट मच्चाउने र अपराधिक कार्य गर्ने माथि प्रहरीले ल्याएको यो कडा नीतिले अपराधीको मन डराएको हुनुपर्छ किनकि इन्काउण्टरका घटना हेर्ने हो भने नेपाल प्रहरी कर्तव्य पूरा गर्न कस्सिएको देखिन्छ।