संक्रमणकालीन मुद्दामा आममाफी दिने खालको विधेयक संसदमा पेश गरेर हतारमा पास गर्न हौसिएको १० दलीय गठबन्धन सरकारका प्रमुख प्रचण्ड भारत जाने होमवर्कमा लागेका छन् । मन्त्रिपरिषदलाई पूर्ण पारेर उनी भारत जानेछन् । सत्य के हो भने बंगलादेश भ्रमण गर्न पहिलो निम्तो आएको थियो, अमेरिकाले पनि निम्तो दिएको छ । यसैवीच चीनको बोआओ सम्मेलनमा नेपालले सहभागिता जनाउँदै आएकोमा चीन नजाने, भारत जाने निर्णयले चीन रुष्ट बनेको खबर छ । चीनमा उपचाररत माओवादी नेता वर्षमान पुनले बोआओ सम्मेलनमा प्रधानमन्त्रीले सहभागिता गर्दा राम्रो भनेर सूचना दिंदासमेत प्रधानमन्त्रीले बेवास्ता गरेका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणको प्राथमिकताले नेपालको परराष्ट्रनीतिबारे कस्तो संकत गर्छ ? भनेर बहस सुरु भएको छ ।